|

बैतडी : दार्चुला मार्मामा एक स्वास्थ्यचौकीमा कार्यरत कार्यालय सहयोगीको हत्या भएको छ। हत्या हुने मार्मा गाउँपालिका-१ घोल्जर घर भई गुल्जर स्वास्थ्यचौकीमा कार्यरत ४६ वर्षीय अंगबीरसिंह ठगुन्ना रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत वोहराले बताए।

प्रहरीलाई जानकारी आए अनुसार मंगलबार बिहान घरमै ठगुन्नाको हत्या भएको बुझिएको छ। उनले भने,'जिल्लावाट प्रहरीको टोली घटनास्थलतर्फ गएको छ। 'हत्या गरिएका ठगुन्नाको साथमा रहेको १० लाख रुपैयाँ समेत हत्याराले लुटेर लगेको स्थानीय दिनेश सिंहले जानकारी दिए। ठगुन्ना एक्लै घरमा सुतिरहेका बेला हत्या भएको हो। उनले भने, 'ठगुन्नाको टाउकोमा कोदालाले हिर्काएको देखिन्छ।  

ठगुन्नाका श्रीमती छोराहरू तराईतिर बस्ने र ठगुन्ना एक्लै घरमा बस्ने गरेका थिए। तराई पठाउनका जम्मा गरेको १० लाखकै कारण ठगुन्नाको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ।

ठगुन्नाको हत्या कसले गरेको भन्ने अझै खुल्न सकेको छैन। घटनास्थलमा इलाका प्रहरी कार्यालय गोकुलेश्वर, इलाका प्रहरी कार्यालय लटिनाथ र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको छ। दार्चुला सदरमुकामवाट घटनास्थल एक दिनमा पुगिन्छ।  

घटनाको थप अनुसन्धान भइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.