|

पोखरा : बिहीबार विद्यालयबाट घर फर्कँदै गर्दा बेपत्ता भएकी पोखरा महानगरपालिका १९, लामाचौरकी १३ वर्षीया पुष्पा खत्रीको शव भेटिएको छ। उनको शव लामाचौरकै शैलजा स्मृतिपार्क नजिकै शुक्रबार राति भेटिएको र शनिबार पोष्टमार्टम गरिएको प्रहरीले जनाएको छ।

शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको आशंका गरिएको छ। पुष्पाको शव नजिकै उनको स्कट च्यातिएको र यौनांगबाट रक्तश्राप भएको अवस्थामा भेटिएको थियो। उनी विन्ध्यावासिनी माध्यमिक विद्यालयमा कक्षा ६ मा पढ्थिन्।

मृत भेटिएकी पुष्पाको शनिबार पोष्टमार्टम भएको जिल्ला प्रहरी कास्कीका डिएसपी रविन्द्रमान गुरुङले जानकारी दिए। ‘उनको शव शुक्रबार नै भेटिएको हो,’ उनले भने, ‘शनिबार पोष्टमार्टम भएको छ। गाउँलेले भनेजस्तो बलात्कार भएर हत्या भएको हो वा होइन भन्नेबारे पोष्टमार्टमको रिपोर्टपछि मात्र बोल्न मिल्छ।’

घटनापछि परिवार र स्थानीयले शव पोष्टमार्टम गर्न समेत मानेका थिएनन्। प्रहरीले घटनाको वास्तविकता पत्ता लगाउन सहयोग गर्न आग्रह गरेपछि उनीहरु पोष्टमार्टम गर्न राजी भएको डिएसपी गुरुङले बताए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.