|

रौतहट : प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले समय सीमाभित्र निर्माण कार्य नसक्ने निर्माण कम्पनीलाई कारवाही हुनुपर्ने बताएका छन। शनिबार साझ लाल बकैयामा भएको डुंगा दुर्घटना स्थलको अनुगमन गदै मुख्यमन्त्री राउतले समयभित्र पुल निर्माण नगर्दा अहिले यस्तो दुखद घटना हुन पुगेको बताएका हुन्।

यस्तो लापरवाही गर्ने निर्माण कम्पनीलाइ कारवाही हुनु पर्ने मुख्य मन्त्री राउतले बताए। यसैबीच घटना स्थलको अनुगमन गदै मुख्य मन्त्री राउतले डुंगा दुर्घटनामा परी ज्यान गुमाउनेका परिवारलाई जनही दुई लाख २५ हजारका दरले राहत दिने बताएका छन्। प्रदेश सरकारको तर्फबाट जनही दुईलाख रुपैयाँ राहत र २५ हजार रुपैयाँ किरिया खर्च दिने मुख्यमन्त्री राउतले बताए। यसैगरी डुंगा दुर्घटनामा ज्यान गुमाउनेहरूका परिवारजनलाई गौर नगरपालिकाले पनि जनही एकलाख रुपैयाँ राहत र १५ हजार काज किरिया खर्च दिने घोषणा गरेको छ। नगर प्रमुख अजय गुप्ताले पीडित परिवारलाई सो रकम राहतस्वरुप दिने निर्णय गरेको बताए

घटनास्थल टिकुलियाको बकैया नदी निरीक्षण गर्न प्रदेश -२ का मुख्यमन्त्री राउतसँगै आर्थिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव, राज्यमन्त्रीद्वय  योगेन्द्र यादव, डिम्पल झा, विधायक बाबुलाल साह, मो. अब्दुुल कलाम एवं प्रतिनिधिसभा सदस्य तथा राजपा अध्यक्ष मण्डल सदस्य पूर्वमन्त्री अनिल झासहितको टोली पुगेको थियो।

गत शनिबार साँझ इशानाथ नगरपालिकाको औरैयाबाट गौरतर्फ आउँदै गरेको डुंगा बकैया नदीको टिकुलियाघाटमा पल्टेको थियो।  

दुईजनाको थप शव भेटियो, मृत्यु हुनेको संख्या चार 

डुंगा दुर्घटना हुँदा डुबेका मध्ये सोमबार थप दुई जनाको शव भेटिएको छ। अहिलेसम्म डुंगा दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या चार पुगेको छ। भारत सीतामढी जिल्लाको जमुवाघाट नजिकै गौर नगरपालिकाका-४ का ६५ वर्षीय शान्तिदेवी साह,ओमप्रकाश चन्द्रबंशी, गौर नगरपालिका-३ की उस्मा पटेल र इशनाथ नगरपालिका औरहियाकी ३५ वर्षीय रुनादेवी पटेलको शव भेटिएको थियो। गौर निवासी इन्दुदेवी पटेल अवस्था अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ। उक्त डुंगा पुल निर्माणका लागि बनाइएको पिल्लरमा ठोक्किएर दुर्घटना भएको थियो। डुंगा दुर्घटना हुने बेला करिब २६ जना रहेको अनुमान गरिएको थियो।

ठेकेदारलाइ कारवाही गर्न प्रर्दशन

ठेकेदारले समयभित्र पुल नबनाएका कारण दुर्घटना भएको भन्दै स्थानीयले कारवाहीको माग गरेका छन्। डुंगा पल्टेको घटनास्थलमा निर्माणाधीन टिकुलीया घाटको बकैया पुल निर्माण ठेकेदार कम्पनी पप्पु कन्ट्रक्सन बीरगंज पर्सालाई कारवाहीको माग गर्दै प्रदर्शन गरेका छन्। पुल निर्माणको सम्झौता भन्दा डेढ वर्ष कटिसक्दा पनि पुल निर्माण नभएको भन्दै ठेकेदारलाई कडा भन्दा कडा कारवाही गर्नु पर्ने नेकपाका युवा नेता शम्भु साहले बताए।

सदरमुकाम गौर र इशनाथ नगरपालिका जोड्ने घटनास्थल टिकुलियाघाटमा रहेको लालबकैया नदीको ५ वर्षमा पिलर मात्रै बनेको छ। २०७४ असार २५ भित्र सो पुलको निर्माण गरी सक्नु पर्ने भए पनि हालसम्म पिलर मात्रै निर्माण भएको छ।

निर्माणको ठेक्का पाएको पप्पु कन्टक्सनले २०७१ सालमा पुलको निर्माणका लागि सम्झौता गरेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.