|

महिला साफ च्याम्पियनसिप फुटबलको ड्र सार्वजनिक गरिएको छ। ड्रअनुसार नेपाल समूह ‘ए’मा परेको छ। बंगलादेशको ढाकामा बिहीबार सार्वजनिक गरिएको 'ड्र' अनुसार नेपालले बंगलादेश, भुटान र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

यस्तै महिला साफको समूह 'बी'मा भारत, माल्दिभ्स र श्रीलंका छन्। समूह विजेता र उपविजेता टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।

महिला साफ च्याम्पियनसिप आगामी १४ देखि २३ डिसेम्बरसम्म हुनेछ।  महिला साफको खेलस्थल भने तय भएको छैन। सम्भवत: नेपाल र श्रीलंकामध्ये एक राष्ट्रमा हुनेछ। त्यस्तै ड्र सार्वजानिक गरिए पनि खेल तालिका भने सार्वजनिक गरिएको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.