|

रूपन्देही : रूपन्देहीको देवदहमा कवि एवं गीतकार वसन्त चौधरीको एकल कवितावाचन हुने भएको छ। अनुराग साहित्य समाज देवदहको आयोजनामा भदौ ३० गते 'वसन्त' कवितावाचन कार्यक्रम हुने भएको हो।

कार्यक्रममा व्यवसायी तथा कवि वसन्त चौधरीले डेढ दर्जन कविता सुनाउने अनुराग साहित्य समाजका अध्यक्ष निर्मल ढुंगानाले जानकारी दिए। कार्यक्रममा 'कविता र वसन्त' तथा कविसँगको भेट पनि राखिएको जानकारी उनले दिए।

समाजले अहिलेसम्म विभिन्न विधाका ४० वटा साहित्यिक शृंखलाहरू सम्पन्न गरेको उल्लेख गर्दै ढुंगानाले 'कविता र वसन्त'लाई ४१औँ साहित्यिक शृंखलाका रूपमा मनाउने बताए।

विशेष गरेर जीवन दर्शनसम्बन्धी कविताहरू लेख्ने गरेका चौधरीले विश्वका १७ मुलुकका ठूला शहरहरूमा आफ्ना कविताहरू सुनाइसक्नुभएको छ। यस्तै, नेपाली र हिन्दी गरी सय बढी कविताहरू लेखिसकेका चौधरीले यसअघि हिन्दी भाषाको 'चाहतों के साये मे' नामक कवितासंग्रह प्रकाशन गरिसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.