|

नवलपरासी : प्रदेश ५ को पूर्वी सिमाना बर्दघाट नगरपालिका-४ दाउन्ने डाँडामा कलात्मक र आधुनिक प्रवेश द्वार निर्माण तयारी भएको छ। प्रदेश-५ को सीमा प्रारम्भ हुने स्थलमा निर्माण हुन लागेको प्रवेश द्वार निर्माण स्थलको प्रदेश-५ का मुख्य मन्त्री शंकर पोखरेलले अवलोकन गरेका छन्। 

प्रदेश-५ को पुर्वी नाकामा निर्माण हुने प्रवेशद्वार एेतिहासिक जितगढी किल्लाको झल्को दिने गरी निर्माण गरिने मुख्यमन्त्री पोखरेलले बताएका छन्। प्रदेश-५ को पहिचानसँग जोडिएको प्रवेश द्वारको डिजाइन  बनिरहेकाे समेत पोखरेलले बताएका छन्। 

प्रवेशद्वार निर्माण गर्नका लागि प्रदेश सरकारले ८० लाख बजेट विनियोजन गरेको बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्माले बताए। प्रवेश द्वारामा आवतजावत गर्ने सवारी साधनको निगरानी गर्ने प्रविधि समेत जडान गरिनेछ। 

प्रदेश-५ को प्रवेश द्वाराको रुपमा रहेको बर्दघाट नगरपालिकालाई नमुना नगरपालिका बनाउनका लागि लागिरहेको भन्दै नगरप्रमुख शर्माले प्रदेश सरकारले पनि नगरलाई समृद्ध बनाउने कार्यमा सहयोग गर्ने विश्वास ब्यक्त गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.