|
प्रतीकात्मक फोटो

धनगढी : कैलालीको लम्कीचुहा नगरपालिका ३ बल्चौरमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।

नेपालगञ्जबाट धनगढी आउँदै गरेको से१ख ११८८ नम्बरको यात्रुबाहक बस शुक्रबार ४:४० बजे लम्कीचुहा नगरपालिका ३ स्थित बल्चौर नजिकै दुर्घटना भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ। प्रहरीका अनुसार साइकलमा सवार व्यक्तिलाई बताउन खोज्दा बस पल्टिएको हो।

प्रहरीका अनुसार दुर्घटनामा परी साइकलमा सवार लम्कीचुहा नपा ३ स्थित बल्चौरका १४ वर्षीय अनिल बादीको ज्यान गएको छ भने बसमा सवार अर्का एक जनाको पनि मृत्यु भएको छ। अनिल र नाम नखुलेका गम्भीर घाइते दुवै जनलाई थप उपचारको लागि टीकापुर अस्पताल लगिएमा उपचारका क्रममा मृत्यु भएको हो।

अन्य चार जनाको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.