|

काठमाडौं : थाहा खबर डटकमका प्रधानसम्पादक तथा नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष तीर्थ कोइराला सुप्रबल जनसेवा श्री(तृतीय श्रेणी) पदकद्वारा विभूषित हुने भएका छन्। गृहमन्त्रालयले बुधबार सूचना प्रकाशन गरी संविधान दिवसका अवसरमा राष्ट्रपतिले विभिन्न क्षेत्रमा उल्लेख्य काम गरेकालाई मानपदवी, अलंकार, पदकद्वारा विभूषित गर्ने जनाएको हो।

कोइरालासँगै सो पदक पाउनेमा नेपाल पत्रकार महासंघका पूर्वसभापति शिव गाउँले र गोरखापत्रका निमित्त प्रधानसम्पादक ओमप्रसाद श्रेष्ठ पनि  छन्।

यसैगरी पत्रकार शम्भु श्रेष्ठ, गोपाल थपलिया, गोपाल बुढाथोकी, गोपाल छाङ्छा राई, देवेन्द्रकुमार चुडाल, रघु मैनाली, गणेश पाण्डे, माधव भण्डारी 'विद्रोही', पुण्य पौडेल, प्रताप बिष्ट, निर्मला शर्मा, उजिर मगर र रविसिंह धामी प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) बाट सम्मानित भएका छन् । सोही पदकबाट पुराना फोटो पत्रकार मीनरत्न बज्राचार्य पनि विभूषित हुने भएका छन् । बज्राचार्य २०४६ सालको जनआन्दोलनमा सक्रिय फोटो पत्रकारका रूपमा परिचित छन्।

यस्तै जनसेवाश्री पञ्चमबाट सञ्चारकर्मी सीता मादेम्बा, अमृता अनमोल र फोटो पत्रकार गोरख बिष्ट विभूषित हुने भएका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.