|

इंग्लिस प्रिमियर लिगमा सनसनीपूर्ण प्रदर्शन गरेको लिभरपुलले मंगलबार सुरु भएको च्याम्पियन्स लिग फुटबलमा पनि विजयी सुरुवात गरेको छ। साविकको उपविजेता समेत रहेको लिभरपुलले बलियो प्रतिद्वन्द्वी पीएसजीलाई ३–२ ले हरायो।

घरेलु मैदानमा भएको पहिलो लेगमा  लिभरपुलले फ्रान्सेली क्लबविरुद्ध इन्जुरी समयमा निर्णायक गोल सम्भव बनाएको थियो। बराबरी उन्मुख भएको खेलमा उसका लागि रोबर्टो फिर्मिन्होले अन्तिम केही समय बाँकी रहँदा टिमलाई महत्त्वपूर्ण तीन अंक दिलाए। 

खेलमा सुरुवाती अग्रता घरेलु टोली लिभरपुलले ड्यानियल स्टुरिजको गोलबाट लिएको थियो। मिल्नरले ३६ औ मिनेटमा पेनाल्टीमार्फत लिभरपुलको अग्रता दोब्बर पारेका थिए। तर ४० औ मिनेटमा थोमस म्युनिरले गोल गर्दै पीएसजीलाई खेलमा फर्काउने कोशिश गरेका थिए। ८३ औ मिनेटमा केलियन एम्बाप्पेले खेल बराबरीमा ल्याएपछि पीएसजी उत्साही बनेको थियो।

त्यस्तै अन्य खेलमा एथलेटिको म्याड्रिडले मोनाकोलाई २–१ ले जित्यो, त्यस्तै बोरुसिया डर्टमुन्डले क्लब बर्गलाई १–०ले हरायो, भने गलातासेरे लोकोमोटिम मोस्काभलाई ३–० ले हरायो। साल्के पोर्टोसँग १–१ गोलको बराबरीमा रोकियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.