|

काठमाडौं : बुधबारका लागि नेपाल राष्ट्र बैंकलेे एक डलरकाे लागि ११७.०१ रुपैयाँ ताेकेकाे छ।

अायतमुखी अर्थतन्त्र भएकाे मुलुकमा अाैसत १०० रुपैयाँमा पाइने सामग्री उत्पादन लागतमा कुनै प्रभाव नपर्दा पनि १७ रूपैयाँ बढी मूल्य हुन्छ। भारतीय बजारमा बन्ने   र नेपाली बजारमा उत्पादन हुने वस्तुमा पनि कच्चा पदार्थकाे अायात र पेट्राेलियम पदार्थकाे मूल्य वृद्धिकाे कारणले उत्पादन लागत नै बढ्ने देखिन्छ।

नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक भाष्करमणि ज्ञवाली प्रत्यक्ष प्रभाव भने तेस्राे मुलुकबाट अायातीत सामग्रीमा डलरकाे मूल्य बढ्दा प्रभाव पर्ने बताउँछन्। नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष डलरको मूल्य वृद्धि हुँदा प्रभाव नपर्ने कुनै क्षेत्र नहुने बताउँछन्।

यसरी डलर बढेर अन्तर्राष्ट्रिय उत्पादन नेपालमा महँगाे भएकाे अवस्थामा पनि नेपालमा उत्पादित सीमित सामग्रीले पनि प्रतिस्पर्धा गर्न नसकेकाे कारण मूल्य बढेकाे छ। दसैँमा उच्च मूल्यवृद्धि हुनेतर्फ सराकारवालाले सरकारकाे ध्यानाकर्षण गराएका छन्।

डलर र पेट्राेल एकसाथ बढ्दा घाटा अाकाशिएकाे भन्दै नेपाल अायल निगमले पेट्राेलियम पदार्थकाे मूल्य बढाएपछि यातायात व्यवसायी भने असन्तुष्टि जनाउँछन्। उनीहरुले मूल्य वृद्धि फिर्ता वा भाडा समायाेजनमध्ये एक नगरे दसैँमा यातायात नचलाउनेसम्मका धम्की दिन थालेका छन्। यासले अन्य वस्तुकाे मूल्यवृद्धिसँगै यात्रामा भाडा पनि वृद्धि हुने सराकारवालाले बताएका छन्।

अायात प्रतिस्थापनमा सहयाेग

सरकारले भने डलरकाे मूल्य वृद्धिकाे प्रभाव नेपालमा उत्पादित वस्तुकाे अायात प्रतिस्थापनमा पुग्ने अपेक्षा राखेकाे छ। अर्थमन्त्री डा.युवराज खतिवडाले डलरकाे मूल्य बढ्दा सरकारकाे अायात प्रतिस्थापनकाे लक्ष्यमा सहयाेग पुग्ने बताएका हुन्। 

उनले निर्माणजन्य सामग्री र कृषि जन्य सामग्रीकाे अायात प्रतिस्थापनमा सहयाेग पुग्ने बताए। 'हाम्रा केही कृषिजन्य सामाग्री र केही निर्माण सामग्रीकाे अायात प्रतिस्थापनमा सहयाेग गर्छ' खतिवडाले भने।

सरकारले चिनीकाे अायातमा बन्देज लगाइसकेकाे छ। धागाे उत्पादकहरूले पनि अायातमा बन्देजकाे माग गरेकाे छ। पाँच वर्षभित्र कृषिजन्य र हस्तकला तथा छाला जुत्तामा सरकारले अायात राेक्ने नीति अवलम्बन गरेकाे छ।

अर्थमन्त्री खतिवडाले डलर निश्चित समयमा घट्ने बताउँछन्, 'केही समयमा सुधार हाेला भन्ने हाे, डलरले दुई चार रूपैयाँ रेमिट्यान्स बढाउला, दुई चार रुपैयाँ बढी ऋण तिर्नु पर्ला', खतिवडाले भने, 'अायात प्रतिस्थापनमा भने सहयाेग गर्ने छ।'

भारतीय अर्थविद्हरूले भने डलरकाे मूल्य बढेर ७५ भारूसम्म पुग्ने बताएका छन्। यसाे हुँदा नेपालले १२० रुपैयाँ तिर्नुपर्ने छ। महँगी बढ्नेछ।

अमेरिकाकाे नीति संसार भर प्रभाव

अर्थविद् केशव अाचार्यले अमेरिकाका लगानी नीतिकाे प्रभाव संसारभर परेकाे बताउँछन्। संसारमा जुन मुद्राकाे बढी माग हुन्छ त्यही मुद्राकाे मूल्य बढ्ने अाचार्यले  बताए। जहाँकाे मुद्राकाे माग बढेकाे छ, त्यहीँकाे मूल्यदर बढ्ने हाे अाचार्यले भने, 'अहिले अमेरिकाकाे माग अत्याधिक बढेकाे छ।'

अाचार्यले अमेरिकाकाे नीतिकाे कारण संसारका धेरै देशकाे लगानी अमेरिका पुगेकाे बताए। 'व्यापार तथा लगानीमा राष्ट्रपति ट्रम्पले लिएकाे नीतिकाे प्रभाव देखिएकाे छ', उनले भने भारत ठूलाे लगानी अमेरिका गएपछि मुद्रा अवमूल्यन भएकाे हाे', भारतसँग नेपालकाे स्थिर विनिमय दरका कारण साेझाे असर नेपाललाई परेकाे छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.