|

भद्रपुर (झापा) : भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याएको कपडा भण्डार गरी राखिएको गोदाममा सशस्त्र प्रहरीले मंगलबार बेलुका छापामा मारेको छ। छापा मार्दा करिब ३५ लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरिएको जनाइएको छ।

सशस्त्र प्रहरी बल नेपाल, राजस्व अनुसन्धान गुल्म इटहरीका प्रहरी नायब उपरीक्षक रामकुमार सिंहको नेतृत्वमा आएको टोलीले झापाको बिर्तामोड नगरपालिका–५ स्थित त्रिवेणी चोकमा रहेको गोदाममा छापा मारेको थियो। छापा मार्दा २६ पोका कपडा बरामद गरेको छ। बरामद गरिएको लत्ताकपडाको आवश्यक कागजात नभेटिएपछि राजस्व अनुसन्धान गुल्मले कारबाहीका लागि इटहरी पठाएको छ। 

उक्त सामान इलामको पशुपतिनगरबाट भन्सारबाट भित्र्याइएको खुलेको छ। गोदाम रहेको घरधनी राजिव जैनलाई नियन्त्रणमा लिएपछि उक्त कुरा खुलेको प्रहरीले बताएको छ।  घरधनी जैनले गोदाम भद्रपुरका चन्दन भन्नेलाई भाडामा दिएको बताएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.