|

जाजरकोट :  बारेकोट गाउँपालिका ४ मा रहेको खेताली, दियाबाल्न वनभित्रका बहुमूल्य जडीबुटीको अवैध चोरी निकासी बढेको छ। जडीबुटी निकासी बन्द गरेको अवस्थामा यहाँको वनबाट जडीबुटी चोरी निकासी बढेको बारेकोट गाउँपालिका ५ का स्थानीय खड्कविक्रम शाहीले जानकारी दिए।

जुम्लाको सिमानामा रहेको खेताली, दियाबाल्न लगायतका पाटनमा दैनिक चोरी, निकासी भइहेको छ। जुम्लाबाट आएका व्यापारीहरूको मिलेमत्तोमा जथाभावी चोरी निकासी बढेको उनको भनाइ छ। सेतोचिनी, पदमचाल्नु, जटामसी, सतुवालगायतका जडीबुटी चोरी निकासी बढेको शाहीले बताए। जाजरकोटको सबैभन्दा बढी जडीबुटी पाइने ठाउँको रूपमा स्थापित भएको यो ठाउँमा वर्षेनी बिचैलीयाहरूले चोरी निकासी गरेका छन्।

जथाभावी जडीवुटी उत्खनन्न, चोरी निकासी हुँदा राजश्वमा समेत गुम्ने गरेको छ। आइतबार स्थानीय, प्रहरी, जिल्ला वन डिभिजन कार्यालयबाट  खटिएको टोलीले अवैध चोरी निकास हुन लागेको केही जडीबुटीसमेत बरामत गरेको डिभिजनका भीम केसीले जानकारी दिए। उनका अनुसार जुम्लाबाट आएका दुई सय बढी तस्कारहरूको समूहले पाटनमा पाल टाँगेर जडीबटी तस्करी गरिरहेका थिए।

अनुगमनमा पाटन आएको थाहा पाएपछि तस्करहरूको समूह भागेको केसीले बताए। तीन हजार पाँच सय केजी सेतोचिनी, पाँच क्विन्टल अमलवेद  कोटे पाटनबाट बरामत गरिएको छ भने यत्ता सक्लोको छुतीपाल्ती पाटनबाट दुई हजार एक सय केजी सेतोचिनी बरामत भएको छ।

अन्य ठाउँमा पनि खोजतलास कार्य जारी रहेको केसीले बताए। तस्करहरू जंगलमा लुकेर जडीबुटी चोरी निकासी कार्य गरिरहेको उनको भनाइ छ। उच्च हिमाली क्षेत्र भएका कारण सधैँ अनुगमन गर्न समस्य भएको उनीहरूको भनाइ छ। बारेकोट गाउँपालिका ४ बाट पाटनमा पुग्न दुई दिन लाग्ने भएकाले निरन्तर अनुगमनमा समस्य भएको वडा अध्यक्ष सिर्जना बस्नेतले बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.