|

बागलुङ : तीजको मेला हेरेर घर फर्केको समयमा किशोरीमाथि बलात्कार गरेको आरोपमा दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ। बागलुङको निसीखोला–५ का २० वर्षीय खगेन्द्र विश्वकर्मा र २५ वर्षीय रामबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरूमाथि गत गत भदौ २७ गते तीजको दिन साँझको समयमा किशोरीलाई जबरजस्ती करणी गरेको आरोप लागेको छ। घटनाको केही दिनसम्म गाउँमै मिलाउने प्रयास भएकोले उजुरी ढीला आएको बताइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

उजुरीपछि ईलाका प्रहरी कार्यालय झिंवाखोलाले पक्राउ गरेर बुर्तिवाङ पठाएको थियो। पीडितका अभिभावकले उजुरी दिएपछि ईलाका प्रहरी कार्यालय बुर्तिवाङले उनीहरूलाई पक्राउ गरेको प्रहरी निरीक्षक ओमप्रकाश यादवले बताए। उनीहरूलाई ईलाका प्रहरी कार्यालय बुर्तिवाङले थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.