|

काठमाडौं : सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण नुहँदा देशभरका ३२ प्रतिशत विद्यालयमा एक शिक्षक बराबर २० जनाभन्दा कम विद्यार्थी रहेको पाईएको छ। २९ हजार ३५ सामुदायिक विद्यालयमध्ये ९ हजार ४ सय ९४ वटामा एक शिक्षक बराबर २० विद्यार्थी रहेको खबर कान्तिपुर दैनिकमा छ। 

एक शिक्षक बराबर १० विद्यार्थी भन्दा कम विद्यालय संख्या २ हजार ८ सय १६ छन्। शिक्षा नियमावलीमा प्रत्येक कक्षामा काठमाडौं उपत्यका र तराईमा ५०, पहाडमा ४५ र हिमाली क्षेत्रमा ४० जना बराबर १ जनाको दरले शिक्षक हुनुपर्ने व्यवस्था छ। 

शिक्षक दरबन्दी पुनर्वितरणबारे सुझाव दिन मन्त्रिपरिषद्ले असार ४ गते पूवसचिव महाश्रम शर्माको संयोजकत्वमा गठन गरेको कार्यदलले मंगलबार प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउँदै शिक्षक दरबन्दी मिलान गर्दा प्राथमिक तहमा बढी र निम्नमाध्यमिक तथा माध्यमिक तहमा अपुग रहेको जनाएको छ।  प्रतिवेदन अनुसार प्राथमिक तहमा ३४ पतिशत अनुपात मिलेको छैन। १ देखि ५ कक्षासम्म पढाइ हुने २७ हजार ७ सय २९ विद्यालय छन्। 

शिक्षक दरबन्दी मलिान गर्दा प्राथमिक तहमा ३ हजार ३ सय ८३ दरबन्दी बढी हुने तथा निम्नमाध्यमिक मा २५ हजार ४ सय २५ र माध्यमिक तहमा २३ हजार ७ सय ४४ शिक्षक दरबन्दी संख्या अपुग भएको प्रतिवेदनमा उल्लेख छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.