|

इङ्लिस प्रिमियर लिगको साबिक च्याम्पियन म्यान्चेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको सिजनको पहिलो खेलमानै पराजित हुन पुगेको छ। युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत पहिलो खेलमा पराजित भएको छ। बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटीलाई फ्रान्सको लियोले २–१ ले पराजित गरेको हो।

लियोले सुरुदेखिनै दवाबमा राख्दै २६ औं मिनेटमा अग्रता बनाएको थियो। लियोका लागि गेन्ली कर्नेट शुरुआती गोल गरेका थिए। ४३औं मिनेटमा नबिल फिकरले दोस्रो गोल गरेका थिए।

पहिलो हाफमा २–० ले पछि परेको सिटीले दोस्रो हाफमा एक गोल फर्काएपनि आफ्नो हार टार्न भने सकेन। सिटीका लागि ६७औं मिनेटमा लोरियो सानेको पासमा डी सिल्भाले गोल गरेका थिए।  त्यसपछि थप गोल हुन सकेन र लियो २–१ ले विजयी भयो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.