|

खराब दिनको सिकार भइरहेका रोनाल्डो बुधबार च्याम्पियन्स लिग फुटबल करिअरमै पहिलो रातो कार्डको सिकार भए। उनी रातो कार्डपछि निकै स्तब्ध देखिए रोनाल्डो रुँदै मैदानबाट बाहिरिएका थिए।  उनले त्यति ठूलो फल नगर्दा नगर्दै पनि सानो गल्तीमा रेफ्रीले रातो कार्ड देखाएको भन्दै अब थप प्रतिबन्ध भए उनीमाथि थप अन्याय हुने इंग्लिस रेफ्री मार्क काटेनबर्गले जनाएका छन्। 

बायाँ विङ्गस बल रहेका बेला रोनाल्डो गोलको प्रयास गर्न पेनाल्टी एरियातर्फ जाँदै थिए, सोही मौकामा भ्यालेन्सियाका जिएसन मुरिलोले उनलाई रोक्ने प्रयास गरे तर रोनाल्डोले धकेलेका थिए। त्यतिमै डिफेन्डर मुरिलो मैदानमा लड्न पुगे। तर, त्यसपछिको रोनाल्डो हर्कतलाई रेफ्रीले रातो कार्ड देखाएको हो या कुइनोले प्रहार गरेको भनेर देखाएको हो भन्ने कुरा खुलेको छैन। लडेपछि रोनाल्डोले कपाल भुत्लाउने प्रयास गरेजस्तो देखिन्छ, तर यकीन यसै भन्ने अवस्था भने छैन। 

रेफ्री यो घटना भएका बेला रोनाल्डोको पछाडि थिए। यो घटना स्पष्ट रूपमा देख्ने गोलपोस्टको अगाडि रहेका सहायक रेफ्री हुन्। त्यसैले सहायक रेफ्रीले यसलाई कसरी लिएका छन् त्यसले नै रोनाल्डोको बाँकी खेलको यात्रा तय हुनेछ। मुरिलो सामान्य ट्याकलमा पनि असामान्य प्रतिक्रिया देखाएपछि रोनाल्डोले उनको टाउकोमा हातले तान्ने कोसिस गरेका थिए।

प्रिमियर लिग खेलाउने व्यावसायिक रेफ्री कोटेनवर्गले घटना रेडकार्ड नै दिने खालको नभएको बताए। उनले भने, ‘यदि म यो खेलमा रेफ्री भएको भए, भ्यालेन्सियालाई फ्री–किक दिन्थेँ र रोनाल्डो र मुरिलो दुवैलाई पहेँलो कार्ड देखाउने थिएँ।’ उनले अब जे हुनु भएको भन्दै एक खेलबाहेक थप प्रतिबन्ध भएमा भने उनीमाथि अन्याय हुने विचार व्‍यक्त गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.