|

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित सातजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोक हेलम्‍बु गाउँपालिका ५ का मनोजकुमार तामाङ, आनन्दमोह सिंह, विनोद बानियाँ, समिर तामाङ, रवि श्रेष्ठ, राजकुमार आचार्य, दीपकबहादुर तामाङ, सिंहबहादुर तामाङ रहेका छन्।

नेपाल एयरलाइन्सको विमानबाट बैंकक हुँदै  काठमाडौं आउँदै गरेका उनीहरूले अवैध तरिकाबाट ७ सय १६ ग्राम सुन ल्याउँदै गर्दा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। विमानबाट झरेर विमानस्थलको पार्किङ क्षेत्र पुग्दा शंका लागेपछि प्रहरीले जाँच गर्दा उनीहरूको साथबाट सुन भेटिएको विमानस्थल सुरक्षा गार्डका प्रवक्ता प्रहरी उपरीक्षक दिनेश मैनालीले जानकारी दिए। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.