|

काठमाडौं : इन्द्रजात्राको शुरुआतको संकेत स्वरुप काठमाडौंको हनुमानढोकामा लिंगो ठड्याइएको छ। 

बिहानको शुभसाइतमा स्थानीय मानन्धर समुदायले लिंगो ठड्याएका हुन्। इन्द्रध्वजसहितको लिंगो ठड्याइएपछि इन्द्रजात्रा विधिवत सुरु भएको मानिन्छ। इन्द्रजात्रा सात दिनसम्म मनाउने गरिन्छ। इन्द्रजात्राका बेला मजिपाः लाखे, हल्चोकका श्वेत भैरव, किलागलका हात्तीरुपी पुलुकिसीलगायतका देवी देवताका नाच नाचिने परम्परा छ।

लिंगो ठड्याइएसँगै काठमाडौं शहरको रक्षाका लागि चार कुनामा गाडिने लाकासी भनिने अष्टमात्रिकाको प्रतीक पनि ठड्याइएको छ। यस्तै इन्द्रजात्रा सुरु भएको प्रतीकस्वरुप ललितपुर र भक्तपुर दरबार क्षेत्रलगायतका ठाउँमा स–साना लिंगो ठड्याउने गरिन्छ।

सात दिनसम्म मनाइने इन्द्रजात्राको पहिलो दिन काठमाडौंबासीले आफ्ना दिवंगत भएका आफन्तको सम्झनामा ३ सय ६५ वटा दीप बालेर ‘उप्पाकु’ मनाउँदैछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.