|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले प्रदेश संगठन कमिटीको नेतृत्व गठन गरेको छ। नेकपाको शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले प्रदेश संगठन कमिटीका चार पद इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवको नाममा टुंगो लगाएको हो।

यी चारजनाले प्रदेश कमिटीलाई पूर्णता दिने र तल्ला कमिटीको एकतालाई पूर्णता दिने जिम्मेवारी पाएको नेकपाका सचिवालय सदस्यसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जानकारी दिए।

तत्कालिन दुई राजनीतिक दलहरू नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच जेठ ३ गते एकता भएर नेकपा गठन भएको हो। यो दल अहिले तल्ला कमिटी र भातृ संगठनको एकताको चरणमा रहेको छ।

शुक्रबार बसेको सचिवालयले नियुक्त गरेका प्रदेशका चार पदमा रहेका नेताहरूको नाम यसप्रकार रहेको छ:

प्रदेश १

इन्चार्ज- भीमप्रसाद आचार्य

सहइन्चार्ज- सावित्री काफ्ले

अध्यक्ष- देवराज घिमिरे

सचिव- सुरेशकुमार राई

प्रदेश २

इन्चार्ज- सत्यनारायण मण्डल

सहइन्चार्ज- विश्वनाथ साह

अध्यक्ष- प्रभु शाह

सचिव- सुमनराज प्याकुरेल

प्रदेश ३

इन्चार्ज- अष्टलक्ष्मी शाक्य

सहइन्चार्ज- हितबहादुर तामाङ

अध्यक्ष- नारायण दाहाल

सचिव- आनन्द पोखरेल

गण्डकी प्रदेश

इन्चार्ज- पृथ्वीसुब्बा गुरुङ

सहइन्चार्ज- खगराज अधिकारी

अध्यक्ष- हितराज पाण्डे

सचिव- गोविन्द नेपाली

प्रदेश ५

इन्चार्ज- शंकर पोखरेल

सहइन्चार्ज- दलबहादुर राना मगर

अध्यक्ष- ओनसरी घर्ती

सचिव- जगप्रसाद शर्मा

कर्णाली प्रदेश

इन्चार्ज- जनार्दन शर्मा

सहइन्चार्ज- यमलाल कँडेल

अध्यक्ष- गोरख बोगटी

सचिव- मायाप्रसाद शर्मा

प्रदेश ७

इन्चार्ज- भीम रावल

सहइन्चार्ज- लक्ष्मीदत्त जोशी

अध्यक्ष- कर्ण थापा

सचिव- सिंहराज चौधरी (नेपबहादुर)

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.