|

काठमाडौंः स्वतन्त्र सवारी चालकहरुले एक हप्तादेखि गरेको आन्दोलन फिर्ता लिएका छन्। आफ्ना मागहरु सम्बोधन गर्न सरकार तयार भएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिइएको हो। आन्दोलनका कारण ५ नम्बर प्रदेशमा विगत पाँच दिनदेखि सवारीसधान चल्न सकेका छैनन् भने काठमाडौंमा पेट्रोलियम पदार्थको हाहाकार भएको छ।

उनीहरुले विभिन्न मागहरु राख्नै आन्दोलनको घोषणा गरेका थिए। गृह सचिव प्रेम राई र प्रधानमन्त्री कार्यालयका सचिव केदार अधिकारीसँग भएको वार्तापछि आन्दोलन कार्यक्रम फिर्ता लिने सहमती जुटेको आन्दोलनका संयोजक बसन्त शर्माले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.