|

दमक, झापा : बजारमा सुनको अभाव भरहेको अवस्थामा सरकारले उपलब्ध गराउँदै आएको कोटा वृद्धि नगरे नेपाल सुनचाँदी ब्यवसायी महासंघले आन्दोलन गर्ने चेतावनी  दिएको छ। शुक्रबार झापाको दमकमा भएको सुनचाँदी ब्यवसायी संघ दमकको ५औँ अविधेशनलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष मोहनकुमार सुनारले कोटा नबढाए आन्दोलनको विकल्प नरहेको तर्क गरे।

देशमा अहिले दैनिक ४० देखि ५० किलो सुनको आवश्यक भए पनि सरकारले १५ देखि २० किलो मात्र उपल्ब्ध गराउँदै आएको उनले बताए। यो प्रयाप्त नहुने र विषेश गरेर चाडबाडको समयमा धरै सुनचाँदीका गरगहना खपत हुने बताइएको छ। तर अहिले चाडबाडको समय सुरु भइसकेको अवस्थामा ब्यवसायीहरूले सुनचाँदीको अभाव झेल्नु परेको व्यवसायीको गुनासो छ।

संघले दमकमा आफ्नो ५औँ अविधेशन सम्पन्न गरेको हो। अधिवेशनबाट पनः शेरबहादुर गजमेर अध्यक्षमा सर्वसम्मत चयन भएका छन्। त्यसै गरी अन्य पदाधिकारीहरू केही हेरफेरबाहेक सबै सर्वसम्मत चयन भएको संघका नवनिर्वाचित सहसचिव सुनिल दियालीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.