|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकीकरणपछि ठूलो जोखिममा रहेको र राम्रो काम नगरे सबै एउटै डुंगामा डुब्ने खतरा रहेको बताएका छन्।

तत्कालीन एमाले नेतृ साहना प्रधानको स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजना भएको कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टी एकतापछि तत्कालीन एमाले र एकीकृत माओवादी एक भएकाले यसलाई सफलतापूर्वक अघि बढाउने निकै ठूलो जोखिम रहेका बताए। एकीकरणको कार्यलाई राम्ररी अवतरण नगरे सबै जना एकै पटक डुब्ने चेतावनी दिए। 

उनले भर्खरै भएको भारत र चीन भ्रमणमा पनि यसबारे छलफल भएको प्रष्ट्याए। प्रचण्डले एकीकरण सफल हुँदा संसारभर सकारात्मक सन्देश जाने कोशेढुंगा सावित हुने सम्भावना रहेको दाबी गरे। ‘तर, हाम्रा गतिविधि तथा क्रियाकलाप आत्मकेन्द्रित बढी भएका छन्,’ उनले भने, ‘अलि धुलोमैलो लागेका फोहोरी–फोहोरी भएको छ तर, ऐतिहासिक रुपमा सफल पार्ने र महान आन्दोलनका रुपमा सफल पार्न अन्तिम समयसम्म प्रयत्न गरेर सफल पारिनेछ।’

अध्यक्ष प्रचण्डले साहना प्रधान सबैका निम्ति ठूलो प्रेरणाको स्रोत भएका बताए। ‘आठ-नौ वर्ष योगदान गर्नु ठूलो कुरा होइन, सबैले गर्छन्,’ उनले भने, ‘उहाँले पञ्चायलकाल, राणाकालीन समयमा पनि आफूलाई शतिसाल झैँ सक्रिय र चलायमान गराइरहनु ठूलो कुरा हो।’ ०६४ को निर्वाचनपछि राष्ट्रपति मै राख्दा पनि साहना उपयुक्त पात्र भएको र आफूले यसबारे कुरा पनि उठाएको प्रचण्डले दाबी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.