|

काठमाडौं : राष्ट्रियसभाका सांसदहरूले दशैं, तिहारजस्ता चाडपर्वमा दैनिक उपभोग्य वस्तु अभाव हुन नदिन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

राष्ट्रियसभाको आइतबारको बैठकमा शून्य समयमा बोल्दै राष्ट्रियसभाका सांसद दिलकुमारी रावल (थापा)ले दशैं, तिहार जस्ता चाडपर्वमा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन सरकारलाई सचेत गराएकी हुन्। उनले चाडवर्पको अवसर पारेर हुने कालाबजारी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न पनि सरकारसँग आग्रह गरेका थिए। सांसद रावलले दशैंमा राजधानीबाट घर जाने यात्रुहरूको यात्रालाई सहज हुनेगरी आवातजावतको व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराइन्।

सांसद प्रकाश पन्थले जिल्लास्थित महिला तथा बालबालिका कार्यालय खारेज भएसँगै रोकिएको शारीरिक रूपमा अशक्त भएका व्यक्तिहरूले परिचय पत्र तत्काल दिने व्यवस्था गर्न पनि सरकारसँग माग गरेका थिए। उनले शारीरिक रूपमा अशक्त नागरिकहरूलाई परिचय पत्र दिने व्यवस्था नहुँदा उनीहरू राज्यबाट पाउने सुविधाबाट वञ्चित हुन पुगेकोतर्फ पनि सरकारलाई सचेत गराए।

सांसद नैनकला ओझाले मोरङस्थित उर्जाबारी, कानेपोखरी, पथरी, शनिश्चिरे, बेलबारीलगायतका स्थान रहेका सुकुम्बासीहरूलाई तत्काल जग्गाधनी लालपूर्जाको व्यवस्था गर्न सरकारसँग माग गरेकी छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.