|

सिन्धुपाल्चोक : चौताराका नेवार समुदाय यति बेला आफ्नो पुरानो कला र संस्कृतिको धिमे बाजा जोगाई राख्न दिनरात जुटिरहेका छन्। लोप हुँदै गएको आफ्नो पुरानो संस्कृति धिमे बाजाको संरक्षण गर्न चौतारा नगरभित्रका वृद्धवृद्धा, युवायुवती र बालबालिकासमेत सक्रिय भएर लागेका छन्। 

चाडपर्व, उत्सव र मेलापर्वहरूमा बजाइने धिमे बाजा संरक्ष्णका निम्ति नगरदेखि वडा कार्यालयसम्मको सक्रियता रहेको चौतारा साँगाचोकगढी नगरपालिकाका- ५ का वडा अध्यक्ष नरमान श्रेष्ठले जानकारी दिए। स्थानीय नेवार समुदायको साथ र सहयोगमा धिमे बाजा संरक्षणमा वडाले जोड दिएको उनको भनाइ छ। 

सिन्धु नेवा खल, नेवा देयः दवु र वडाको सक्रियतामा धिमे बाजा प्रशिक्षण भएको छ। नेवारी परम्परा र संस्कृतिले समृद्ध भक्तपुरको झाँकी र नाच चौतारा बजारमा प्रदर्शनसमेत भएको थियो। बाजा संरक्षणका लागि भक्तपुरका नेवारले पनि सहयोग गरेका छन्। महाकाली, कुकुर, बाँदर, कंकाल, जंगली र भूत नाच जस्ता नेवारी परम्परागत नाच प्रदर्शन गरिएको छ।

संस्कृतिको धनी मानिने भक्तपुरका नेता तथा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसमेतको सक्रियतामा धिमे बाजा प्रशिक्षण समापन गरिएको हो। नेवार समुदायको कला संस्कृति जगेर्ना गर्न अन्य जातजातिका समुदायले पनि साथ दिएको चौताराका नगर प्रमुख अमानसिं तामाङले जनाए।

हर्नुहोस् फोटोमा :


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.