|

धनकुटा : बढी शुल्क लिएको आरोपमा विद्यार्थी संगठनहरुले धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा अनिश्चितकालीन तालाबन्दी गरेका छन्।

अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले बुधबार तालाबन्दी गरेका हुन्। क्याम्पसले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद भक्तपुरले तोकेको भन्दा बढी शुल्क विद्यार्थीहरुबाट लिएकाले तालाबन्दी गर्नुपरेको बताएको छ। अनेरास्ववियु जिल्ला संयोजक अंकित थापा र अनेरास्ववियु (क्रान्तिकारी) जिल्ला अध्यक्ष पदमराज रखालले संयुक्त रुपमा विज्ञप्ति जारी गरी शुल्क वृद्धि स्वीकार्य नहुने बताएको छ। 

समस्या समाधानका लागि क्याम्पस प्रशासनलाई जानकारी गराए पनि क्याम्पस प्रशासनले कुनै वास्ता नगरेका कारण तालाबन्दीमा उत्रन बाध्य भएको अनेरास्ववियू (क्रान्तिकारी) अध्यक्ष रखालले बताए। क्याम्पसले निर्णय नसच्चयाएसम्म क्याम्पसको ताला नखोलिने उनीहरुको अडान छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.