|

काठमाडौं : अविरल जनसाहित्य यात्रा- ५० मा यस पटक कवि मातृका पोखरेलले कविता वाचन गरेका छन्। शुक्रबार जनसांस्कृतिक महासंघको सभाकक्ष बागबजारमा भएको कार्यक्रमा कवि पोखरेलले आफ्ना कविता वाचन गरेर उपस्थित श्रोताहरूलाई मन्त्रमुग्ध पारेका हुन्।     

आफूले कवितामा मान्छेलाई मान्छे बनाउने होइन कि या त देवता बनाउने या त राक्षस बनाउने प्रवृत्तिप्रति असन्तुष्टि जाहेर गर्दै पोखरेलले ‘तोप आतंक’, ‘नयाँ शताब्दीको थोत्रो मान्छे’, ‘कलिला जूनहरूको श्रद्धाञ्जलि’, ‘मैले उतिबेलै भनेको थिएँ’, ‘सिंहदरबार’, ‘दिल्लीका मच्छडहरू’, ‘नरेश शाक्यका आँखा’, ‘ऐना’लगायतका कविता वाचन गरेका थिए। सहयोगी कविहरू आर.एम. डंगोलले ‘अनुहारहरू’ शीर्षकको, डा. पुष्करराज भट्टले ‘एउटा पूजारीको आत्मव्यथा’ शीर्षकको, स्नेह सायमीले ‘म खोज्दै छु अर्को अमलेखगंज’ शीर्षकको र अभय श्रेष्ठले ‘चस्मा’शीर्षकका कविता वाचन गरे।

वाचित कवितामाथि टिप्पणी गर्दै कवि पुरुषोत्तम सुवेदीले कवि पोखरेलले आफ्नो सिंगो जीवन नेपाली प्रगतिवादी साहित्यको सिर्जना र रूपान्तरण अभियानमा समर्पित गरेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.