|

काठमाडौं : विश्वप्रसिद्ध ब्राजिलियन लेखक पाउलो कोहेलोको पछिल्लो पुस्तक ‘हिप्पी’को नेपाली संस्करण फाइनप्रिन्टले छाप्ने भएको छ। जीवनको गहिरो अर्थ खोज्ने यात्रामा निस्किएको पाउलो नाम गरेका ब्राजिलियन केटाको कथा हो- ‘हिप्पी’। लामो बोके दाह्री पालेको पाउलोले यम्स्टड्र्याममा कार्ला नामकी डच युवतीलाई भेट्छन्, जो हिप्पी ट्रेल पछ्याउँदै काठमाडौं जानका लागि साथी खोजिरहेकी हुन्छन्। उनीसँगै पाउलो काठमाडौंका लागि हिँड्छन्, म्याजिक बस चढेर। अनि सुरु हुन्छ, उनीहरूको जीवन परिर्वतन गर्ने प्रेमकथा।

विश्वव्यापी रुपमा ६ करोड ५० लाख प्रति बिक्री भएको र ८० भन्दा बढी भाषामा अनूदित भएको ‘द अल्केमिस्ट’का लेखक हुन, कोहेलो। उनलाई प्रतिनिधित्व गर्ने लिटरेरी एजेन्सी सन्ट जोर्डीकी निर्देशक मोनिका अन्ट्युन्सले भनिन्, “सन्ट जोर्डीमा काम गर्ने हाम्रा लागि पाउलो कोहेलोको लिटरेरी एजेन्ट हुनुको सबैभन्दा राम्रो पक्ष उनका असाधारण पुस्तक थुप्रै भाषामा छापिने र पढिनेछन् भन्ने थाहा पाउनु हो। फाइनप्रिन्टले प्रकाशन गर्ने ‘हिप्पी’को नेपाली संस्करणबारे हामी अति उत्साहित छौँ।”

हिप्पीको नेपाली अनुवाद अधिकार पाएको प्रकाशन गृह फाइनप्रिन्टका सिइओ नीरज भारीले भने, “स्थापनाकालदेखि नै हामीले माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म, खबुज, मोहनदास, नेलकटर, गणतन्त्रको संघर्ष र मेरो भूमि, मेरो जनता जस्ता अनुवादहरू छाप्दै आएका छौँ। सबैभन्दा धेरै भाषामा अनुवाद भएको पुस्तकका लेखक पाउलो कोहेलोको नयाँ कृति ‘हिप्पी’ नेपालीमा छाप्न पाउनु हाम्रा लागि गौरवको विषय हो।”

सन् ७० को दशकमा युरोपबाट काठमाडौं आउने ‘हिप्पी’ ट्रेलको पृष्ठभूभिमा लेखिएको हुनाले यो उपन्यास छाप्न हामी अझ उत्साहित छौँ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.