|

काठमाडौं : लोक संस्कृतिविद् डा. मीन श्रीस मगरद्वारा लिखित 'मगर जातिको इतिहास' र प्रतिभा पुन मगरद्वारा लिखित 'धौलागिरी क्षेत्रको अमूर्त लोकसंस्कृति : झाँक्री' दुई पुस्तकको लोकार्पण गरिएको छ।

लोक वार्ता परिषद् नेपालको आयोजना तथा पुर्ख्यौली संरक्षण समूह म्यादी मगर समाज काठमाडौंको सहआयोजनामा एक कार्यक्रमको आयोजना गरी बिहीबार पुस्तकको लोकार्पण गरिएको हो। वरिष्ठ चित्रकारद्वय शशि शाह, उत्तम नेपाली, प्रा.डा. जगमान गुरुङ, प्रा. दिनेशराज पन्तलगायतले संयुक्त रूपमा दुई पुस्तकको लोकार्पण गरेका हुन्।

पुस्तकको लोकार्पण गर्दै चित्रकार शाहले यस्ता पुस्तकले मगर जातिको मात्रै नभएर मौलिक परम्पराको संरक्षण गर्ने बताए। कार्यक्रममा प्रतिभा पुनद्वारा लिखित पुस्तकको समीक्षा गर्दै प्रा.डा. जगमान गुरुङले झाँक्री विद्या आधुनिक विद्या विज्ञानलाई समेत चकित बनाउने विद्या भएको बताए।

यसैगरी डा. मीन श्रीसद्वारा लिखित पुस्तकको समीक्षा गर्दै प्रा. दिनेशराज पन्तले पुस्तकले मगर जातिको बारेमा अहिलेसम्म आएका कुरालाई समष्टिगत रूपमा प्रस्तुत गर्दै आएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.