कृषिबिना देश विकास असम्भव

|

सिन्धुली : कृषि तथा पशुपन्क्षी विकास मन्त्री चक्रपाणी खनालले कृषि विना देशको विकास सम्भवन नहुने बताएका छन्। सिन्धुलीको गोलन्जोर गाउँपालिका ४ तीन कन्यामा भएको जुनार सुपरजोनको अनुदान कार्यक्रम तथा निर्मित सिँचाइ योजनाको बुधबार उद्घाटन गर्दै मन्त्री खनालले सरकारले राम्रा कार्यक्रम बनाउन नसके देशको विकास सम्भव नहुने बताए। 

मन्त्री खनालले जुनारको संरक्षण र प्रवर्द्धन गरी त्यसको विस्तारमा जोड दिनुपर्ने बताए। जुनारमा रोग तथा किरा लाग्ने संकमण देखिएको प्रति आफू चिन्तित र सशंकित भएको भन्दै उनले किरा नियन्त्रणका लागि सरकराले सक्दो पहल गर्ने बताए। आधुनिक र प्राविधिक रूपले कृषि विकास गर्नुपर्ने भन्दै मन्त्री खनालले सरकारले कृषिलाई सम्मानित र मर्यादित पेशाको रुपमा कार्यक्रम बनाउनुपर्नेमा जोड दिए।  

जुनारको व्यावसायिक उत्पादन र विस्तार गर्दै अन्य कृषि उपजको उत्पादनमा पनि जोड दिन उनले किसानलाई आग्रह गरे। ‘जुनारसँगै किबी र कागती लगाऔं’ खनालले भने, ‘समग्र सिन्धुलीलाई कृषिको एउटा नमुना जिल्ला बनाऔं। त्यस्का लागि सरकारले बजेटमा कुनै कमी हुन दिने छैन।’ जुनार किसानले उठाएका समस्या समाधान गर्न आफू लागिपरेको भन्दै मन्त्री खनालले फर्केर काठमाडौँ गएपछि प्रधानमन्त्रीसँग सुपरजोनका लागि आवश्यक पर्ने बजेट थप गर्न आग्रह गर्ने उनले आश्वासन दिए।

कार्यक्रममा पूर्व-कृषिमन्त्री हरिबोल गजुरेलले सुपरजोनका लागि आएकोे बजेट अभाव नभएकाले त्यसकाे सदुपयोग हुन्छ कि हुँदैन भन्ने कुरा महत्वपूर्ण हुने बताए। विनियोजन भएको बजेटको सदुपयोग नभए कुनै पनि परियोजनाको लक्ष्य पूरा नहुने उनको भनाइ थियो। बालीमा किरा नियन्त्रण नभएसम्म जुनार परियोजनाले यहाँका किसानले लिने लाभ लिन नसक्ने गजुरेलको भनाइ छ। 

जुनार सुपरजोन परियोजनाका उपसंयोजक लोकबहादुर आलेले किसानको दुख बुझ्ने सरकार आएकाले आम किसानको अपेक्षा बढेको बताए। सुपरजोन परियोजनाका प्रमुख ललनकुमार सिंहले परियोजनाको आयव्यय प्रस्तुत गरेका थिए। उनका अनुसार ४ हजार हेक्टर क्षेत्रफलमा सिन्धुलीको तीनकन्यामा एक हजार ६०० किसानले जुनार खेती गरिरहेका छन्। किसानले जुनार खेतीबाट प्रतिरोपनी १५ देखि २५ लाख रुपैयाँसम्म वार्षिक आम्दानी गर्दै आएका छन्।  

फाेटाे फिचर 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.