|

काठमाडौं :  पूर्वप्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलको अात्मकथा 'अच्युतकृष्ण खरेल आत्मकथा' सार्वजनिक भएको छ। राजधानीस्थित महेन्द्र पुलिस क्लबको सभाहलमा पूर्व राष्ट्रपति रामवरण यादव र  रामेछापमा सहादत प्राप्त गरेका प्रहरी भरत अधिकारीकी पत्नी वृन्दा अधिकारीले कृति सार्वजनिक गरेका थिए।  

कार्यक्रममा पूर्व राष्ट्रपति  यादवले पुस्तकमा आम नेपाली जनताले पंचायती व्यवस्था देखी गणतन्त्रसम्म आइपुग्दा भोगेको अनगिन्ती सामाजीक उत्पिडन र संघर्षलाई समावेश भएको बताए। यादवले  देशको राजनितिक र सामाजिक परिवर्तनमा नेपाल प्रहरीले आफ्नो ठाउँबाट सक्दो सहयोग र मद्दत गरेको समेत सम्झिए।

कार्यक्रममा राजनिति विश्लेषक हरि शर्माले खरेलको आत्मकथा नेपाल प्रहरीको एक दस्तावेज हुन सक्ने बताए। नेपालको बदलिँदो राजनितिक परिवर्तनलाई नजिकबाट नियालेका खरेलले यस पुस्तकमा माओवादीसँग दुनैमा भिडन्त भएर नेपाल प्रहरिका १७ जवानले ज्यान गुमाएको प्रसङबाट आफ्नो कथा लेखेको बताए। उनले लेखकले के कस्तो विषय पुस्तकमा उठाएका छन् भन्ने पाठकको जिज्ञासा हुन सक्ने बताउदै  खरेलले नेपाल प्रहरीको प्रमुख भएर सेवा गर्दा भोगेको अनुभुतीहरू सत्य तथ्य निष्पक्ष रूपमा लेखेको समेत शर्माले बताए। तर  त्यस समयको समय र परिवेशलाई खरेलले आफ्नो दृष्टिकोणबाट लेखेको हुनाले पाठकले पढ्दा  फरक दृष्टिकोणबाट पढ्दा भिन्नता पाउन सक्ने पनि धारणा व्यक्त गरे।

आफ्नो आत्मकथा सार्वजानिक गर्न पाउदा धेरै उत्साहित भएको लेखक खरेलले प्रतिक्रिया दिए। जिन्दगीमा आफूले कहिल्यै पनि नेपाल प्रहरीको प्रमुख  बनुँला भनेर नसोचेको र यो सब नियतीको खेल रहेको पनि उनले बताए।  ३१ वर्ष नेपाल प्रहरीमा कार्यरत रहँदा  आफूले भोगेको तितामिठा अनुभव जस्ताको त्यस्तै पुस्तकमा उतारेको उनले बताए। खरेलको आत्मकथा नेपालयले बजारमा ल्याएको हो।    

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.