|

सिन्धुली : सदरमुकाम सिन्धुलीमाढीमा पछिल्लोसमयमा भएका बलात्कार, एसिड प्रहार तथा महिला हिंसाविरुद्ध मौनर्‍याली तथा हस्ताक्षर संकलन गरिएको छ।शनिबार सिन्धुली ट्रष्ट नेपालको आयोजनामा भएको शनिबारमा नेपालका पहिलो एसिड आक्रमणका पीडित विन्दबासिनी कंसाकार र सामूहिक एसिड आक्रमणका पीडित संगीता मगर र सीमा बस्नेतको समेत सहभागिता रहेको छ। 

एसिड आक्रमणका पीडितहरूले अपराधीलाई कडा कारबाहीको मागसमते गरेका छन्।  नेपालकै पहिलो एसिड आक्रमणकी पीडित विन्दबासिनी कंसाकार, सामूहिक एसिड आक्रमणकी पीडितहरू संगीता मगर र सीमा बस्नेतले बलात्कारी र एसिड आक्रमण गर्ने अपराधीलाई कडा कारबाहीको माग गरेका हुन्।

मौनर्‍यालीमा सहभागी तीनैजना एसिड प्रहारका पीडितहरूले एसिड प्रहार जस्तो कुकार्य गर्ने व्यक्तिलाई जन्मकैद सजाय हुनुपर्ने माग गरेका छन्। पछिल्लो समय देशभर भएका बलात्कार, एसिड प्रहार तथा सम्पूर्ण महिला हिंसाविरुद्धको अभियानमा हस्ताक्षर संकलन तथा दबाबमूलक मौन र्‍यालीमा सहभागी हुँदै पहिलो एसिड प्रहार घटनाकी पीडित विन्दबासीनी कंसकारले महिला हिंसाका अपराधीलाई कडा कारबारहीका लागि सरकारसँग माग गरिन्। 

एसिड प्रहारबाट आफूले भोगेका पीडा सुनाउँदा निकै भावुक भएकी विन्ध्यावासीनी कंसाकारले आफू जस्तै अरू चेलीहरू एसिड प्रहारको सिकार हुन नपरोस् भन्‍नका लागि सरकारले जन्म कैदको सजाय ल्याउनुपर्ने बताइन्। ‘हामी जीवनका सबै खुसी गुमाएका छौँ, हामी अहिले बाँचे पनि समाजकै कारण पलपल मरेझैँ भएका छौँ। अहिले हामीलाई समाजले हेर्ने दृष्टिकोण नै परिवर्तन भएको छ। हाम्रो खुसी लुट्नेहरूमाथि मृत्यु दण्डसम्मको व्यवस्था हुनुपर्छ,’ उनले भनिन्।

कंसाकारमाथि नेपालमै पहिलोपटक २०७० साल बैशाख ९ गते घरमै एसिड प्रहार गरिएको थियो। बालबालिका समाजका साथै घरभित्रै दिन प्रतिदिन असुरक्षित हुँदै गएको स्मरण गर्दै अर्की एसिड प्रहारबाट पीडित बनेकी संगीता मगरको गुनासो छ। 

एसिड प्रहारबाट बाहीरी घाउ जती छ मनभित्र पनि त्यति नै पीडा भएको संगीताले बताइन्। बाहिरी घाउ निको भए पनि मनको घाउ कहिलै निको नहुने भन्दै संगीताले आँशु झारिन्। पीडितको पीडालाई सम्झेर सरकारले महिलामाथि जघन्य अपराध गर्नेलाई मृत्यु दण्डको सझाएसम्म दिनु पर्ने उनको माग छ। 

संगीतासँगै एसिड आक्रमणबाट घाइते भई नयाँ जीवन पाएकी सीमा बस्नेत पनि आफूजस्तै पीडितको न्यायका निम्ति लड्दै आएकी छिन्। आफूले भोगेको जस्तो समस्या अरुले कहिलै भोग्न नपरोस भन्नका लागि महिला हिंसामुक्त समाज निर्माणको अभियानमा सिन्धुली आइपुगेको बताउँछिन्। 

एसिड प्रहारबाट सामुहिक घाइते भएका सीमा र संगिताको उपचारकै क्रममा सहयोग गर्दै एसिड प्रहार गर्ने अपराधीलाई कडा कारबाहीको माग गर्दै आएका समाजसेवी तथा सिन्धुली ट्रसका अध्यक्ष उज्ज्वलविक्रम थापाले महिला हिंसा गर्नेलाई जन्मकैदको व्यवस्था गर्न माग गरे। एसिड प्रहारबाट शरीरको सुन्दरता गुमाएका नेपाली चेलीहरूको पीडा हरेक पुरुषले सुन्न र बुझ्न जरुरत भएका कारण आफूहरूले महिला हिंसामुक्त समाज निर्माणको अभियान लिएर अघि बढेको थापाको जिकिर छ। 

कंसकारलाई नेपालमै पहिलोपटक २०७० साल वैशाख ९ गते घरमै एसिड प्रहार गरिएको थियो। मगर र बस्नेतलाई २०७१ फागुन १० गते ट्यसन पढ्न जाँदै गर्दा काठमाडौंमा एसिड प्रहार भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.