|

काठमाडौं:  लोकप्रिय कवि तथा निबन्धकार रमेश सायनको पहिलो निबन्ध संग्रह ‘छुटेका अनुहार’ सार्वजनिक भएको छ। राजधानीस्थित मण्डला थिएटरमा सायनकी पत्नी दीपा दाहालले उक्त कृति सार्वजनिक गरिन्। कार्यक्रममा कवि नवराज पराजुलीले कृतिभित्र रहेको ‘फेल’ निबन्धलाई कवितात्मक शैलीमा वाचन गरेका थिए।कार्यक्रममा कृतिमाथि अन्तरक्रियासमेत गरिएको थियो। अन्तरक्रिया कार्यक्रममा कवि पराजुलीले निबन्ध लेख्नुको कारण के हो ? भनेर प्रश्नको ढोका खोलेका थिए।

लेखक सायनले देशको सामाजिक असमानता र आफूले बाँचेको समाजमा हुने गरेको महिला पुरुष, धनी गरिब, तल्लो र माथिल्लो जाती बीचको विभेद भोगी आएको हुनाले यो विभेद पाठकसामु पुर्‍याउन निबन्ध लेखेको दाबी गरे। कविता लेखिरहेको मान्छेले निबन्ध रोज्नुको कारण केहो भन्ने पराजुलीको प्रश्नमा  सायनले आफूले भन्नुपर्ने कुरा जुन माध्यमबाट भन्दा पाठकले सजिलै ग्रहण गर्न सक्छन् त्यही बाटो अपनाएको जवाफ दिए।आफूले लेखेको निबन्धले आफ्नो जीवनको उचाइ लिन्छ भनेर निबन्ध नलखेको सायनले स्पष्ट पारे। 

कार्यक्रममा लेखक सायनले यस पुस्तकमा आफूले सत्यता मात्र लेखेको दाबी गर्दै  पाठकलाई पढेर सत्य मनले प्रतिक्रिया दिनसमेत आग्रह गरे। यो कृति पढ्ने हरेक पाठकले आफ्नो जीवनका अवयवहरू भेट्टाउने कुरामा आफू विश्वस्त रहेको उनले बताए। 

सबैले यो कृति मन पराउछँन् भन्ने आफूलाई नलागे पनि पुस्तक पढिसकेपछि प्रतिक्रिया दिन उनले अनुरोधसमेत गरे। पाठकको प्रतिक्रियाले मात्र आफ्नो लेखन सुधार हुने उनले आशय व्यक्त गरेका थिए। 

पुस्तक लिपि बुक्सले प्रकाशनमा ल्याएको हो। पुस्तकको मूल्य ३४५ रुपैयाँ रहेको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.