|

काठमाडौं : मदन पुरस्कार विजेता लेखक रामलाल जोशीको पहिलो उपन्यास सार्वजनिक भएको छ। शनिवार काठमाडौंमा उनको उपन्यास ‘सखी’को विमोचन भएको छ। 

विमोचन कार्यक्रममा साहित्यकार सरुभक्तले लामो समयसम्म राज्य र शासक समूहबाट मानव सरह नै नठानिएका थारुजातिको कथा ल्याएर जोशीले नेपाली साहित्यमा योगदान गरेको बताए। ‘यो उपन्यासले सिमान्तकृत थारु जातीको जीवनको अभिलेखीकरण गरेको छ’, सरुभक्तले भने। 

उपन्यासमाथी टिप्पणी गर्दै उपन्यासकार बुद्धिसागरले सखीले सुदुर पश्चिमका थारु जातिको सिंगो कथा उतारेको धारणा राखे। उनले पुस्तकमा पहाडबाट तराई झरेर त्यहाँको रैथाने समुदायसँग घुलमिल भएको युवकको कथा समेटिएको बताए। समीक्षक एवं कथाकार अर्चना थापाले कम्लहरी प्रथाको सुक्ष्म चित्रण उपन्यासले गरेको टिप्पणी गरिन्। नेपाली साहित्यमा अहिलेसम्म आइरहेको भन्दा फरक परिवेशको कथा प्रस्तुत गरिएको उनले बताइन्।

समिक्षक राम लोहनीले उपन्यासको भाषा शैलीको तारिफ गरे। उपन्यासकार जोशीले आफ्नो साहित्य यात्राको चर्चा गर्दै थारु समाजको वास्तविक चित्रण गर्ने प्रयास गरेको जनाए। ‘ऐना’ कथासंग्रहबाट मदन पुरस्कार प्राप्त गरेका साहित्यकार रामलाल जोशीको यो तेस्रो कृति हो। पुस्तक बुक हिल पब्लिकेसनले प्रकाशन गरेको हो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.