|

काठमाडौं : कथाकार शारदा पौडेल निशाले आफ्नो पहिलो लघुकथा कृति 'छोरीका आँखा' प्रकाशित गरेकी छन्। रोजगारीको सिलसिलामा स्पेनमा रहेकी निशाले नेपाल आउनसाथ लघुकथा समाज नेपालको व्यानरमा पहिलो कृति समालोचक प्रा. मोहनराज शर्माको हातबाट आइतबार काठमाडाैंमा विमोचन गराइन्।

कृतिमा विभिन्न शीर्षकका ६६ वटा कथा छन्। समाजका अध्यक्ष श्रीओम रोदनको सभापतित्वमा भएको समारोहमा समालोचक डा. लक्ष्मणप्रसाद गौतम, डा. पुष्करराज भट्ट र खेमराज पोख्रेलले समीक्षात्मा टिप्पणी गरेका थिए।

समारोहमा स्वागत मन्तव्य सुष्मा मानन्धर दिएकी थिइन्। अतिथिलाई स्वागत खादा कोषाध्यक्ष सुमन सौरभले ओढाएका थिए। तुलसीहरि कोइरालाले सञ्चालन गरेको समारोहमा कथाकार निशाले विमोचित कृतिबाट एउटा कथा सुनाएकी थिइन्। उनले आफ्नो कृति पढेर पाठकबाट आलोचनात्मक टिप्पणीको अपेक्षा गरेको समेत बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.