|

इलाम : रोङ गाँउपालिका–६, वन्सुवामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा करिब ३५ वर्षीया फूलमाया राई रहेको प्रहरीले जनाएको छ।

मानसिक सन्तुलन ठिक नभएकी राई सोमबार घरबाट निस्किएकी थिइन्। लामो समयसम्म पनि घर नफर्केपछि खोजी गर्ने क्रममा साँझ ७ बजे घरबाट ६० मिटर जति टाढा रहेको भीरबाट करिब १०० मिटर तल खसेर मृत्यु भएको अवस्थामा श्रीमान कालुमान राईले फेला पारेको बताइएको छ।

मृतकको इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको टोलीले मुचुल्का गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी हवल्दार विजय राईले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.