|

लहान : सिरहा जिल्लाका व्यापारी, व्यवसायीहरुको छाता संस्था जिल्ला उद्योग बाणिज्य संघ सिरहाको निर्वाचनमा अध्यक्षसहित १५ सदस्यीय कार्यसमितिमा अशोकलाल अमात्यको प्यानल विजयी भएको छ।

३१ औं साधारणसभा अन्तर्गत भएको निर्वाचनमा संघका तीन जना पूर्व अध्यक्षहरुको समर्थनमा लोकतान्त्रिक समूहका उम्मेदवार अमात्य निकटतम् प्रतिद्वन्द्वी निरश चौधरीलाई दुई सय ८८ मतको अन्तरले नौ सय ९० मतसहित विजयी भएका हुन्। पछिल्लो भदौ ३० गते सम्पन्न उद्घाटन सत्रको २२ औं दिन असोज २१ मा भएको मतदानको मंगलबार बिहान मतगणनाको अन्तिम परिणाम घोषणा गरिएको हो।

घोषित मत परिणाम अनुसार अमात्य समूहबाट प्रथम उपध्यक्ष दिपक नायक, द्वितीय उपाध्यक्ष प्रमेश्वर साह, महासचिव अब्दुल करिम, कोषाध्यक्ष विकास शारडा र सचिव सरोजकुमार महतो विजयी बनेका छन्। अमात्य प्यानलबाट दुई महिला सदस्य रीतादेवी यादव, सुशीलकुमारी महतो र सात खुल्ला सदस्यामा नागेश्वर चौधरी, रामभजन पंजियार, प्रदिपकुमार गुप्ता, रामउद्गार महतो, चन्देश्वर यादव, रञ्जितकुमार चिरानियाँ र रविन्द्र प्रसाद चौधरी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

जिल्ला संघमा मिर्चैया नगर उद्योग वाणिज्य संघ, सिरहा नगर उद्योग वाणिज्य संघ, धनगढी व्यापार समिति, सुखीपुर व्यापार समिति र गोलबजार नगर उद्योग वाणिज्य संघको आबद्धता रहेको छ। निर्वाचन समितिका अनुसार संघको तीन वर्षे कार्यकालका लागि छ पदाधिकारीसहित १५ सदस्यीय कार्यसमितिको निर्वाचनमा कुल दुई हजार दुई सय ८७ मतदातामध्ये एक हजार सात सय ३१ मत खसेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.