|

भक्तपुर : भक्तपुरको पवित्र तीर्थस्थल हनुमानघाटमा मंगलबार सोह्र श्राद्ध गर्नेको घुइँचो लागेको छ। आश्विन कृष्णपक्ष सुरु भएसँगै १६ दिनसम्म गरिने श्राद्धको अन्तिम दिन पितृपक्षको अवसरमा दिवंगत भएका आफन्तलाई पिण्डदान गर्नेहरुको घुइँचो लागेको हो।

हनुमानघाटमा मृतक नाममा पिण्डदान गरे दिवंगत आत्मा सन्तुष्ट हुनुका साथै मोक्ष प्राप्ति गर्ने धार्मिक विश्वासले पुरोहित हरिगोविन्द राजोपाध्ययले बताए। उनले भने, ‘हनुमानघाट विरा, भद्रा र तमोसाको त्रिवेणीघाट भएकाले यहाँ पिण्डदान गरेमा आफ्नो पुस्ताको दिवंगतले मात्र नभएर दूरदराजका आफन्त र छरछिमेकका दिवंगत आत्मालाई समेत मोक्ष हुन्छ।’

हनुमानघाटमा स्नान गर्नाले पाप नष्ट भई पूण्य प्राप्ति हुने विश्वास रहेको छ। भगवान हनुमानले स्नान गरेको कारण यस घाटको नाम हनुमानघाट रहन गएको ग्रन्थहरुमा उल्लेख छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.