|

काठमाडौं : नेपाली भाषासाहित्यका क्षेत्रमा विशिष्ट योगदानका दिएको भन्दै प्रा.मोहनराज शर्मालाई ‘घटराज पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ। घटराज भट्टराई स्मारक कोषका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईंको अध्यक्षतामा सोमबार बसेको बैठकले सो निर्णय गरेको हो। 

अमर प्राज्ञ घटराज भट्टराईको ७७औँ जयन्तीका अवसरमा आगामी मंसिर १० गते काठमाडौंमा ‘घटराज पुरस्कार’ समर्पण गरिने घटराज भट्टराई स्मारक कोषका सदस्यसचिव साधना दाहालले जानकारी दिइन्। सदस्यसचिव दाहालका अनुसार हालसम्म शिव रेग्मी, कविता पौडेल, प्रा.डा.केशवप्रसाद उपाध्याय, प्रा.डा. गार्गी शर्मा, तेजेश्वरबाबु ग्वाङ्गलाई ‘घटराज पुरस्कार’ समर्पण गरिसकिएको छ। पुरस्कारको राशि पचास हजार रूपियाँ रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.