|

स्याङजा : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले बिपीको समाजवादलाई विस्तार गर्नुपर्ने बताए। स्याङजाको चापाकोटमा मंगलबार आयोजित कार्यक्रममा उनले भने, 'मुलुकको विकास र समृद्धिका लागि बिपीको समाजवादलाई विस्तार गर्नुपर्ने आजको आवश्यकता हो।' 

महामन्त्री डा‌. कोइरालाले पार्टी सभापति र प्रधानमन्त्रीको मोह भन्दा पनि आफूले समाज रुपान्तरणको कडी बन्न चाहेको उल्लेख गर्दै मुलुकलाई परिर्वतन गर्न समाज परिर्वतनको खाँचो रहेको बताए। 

कांग्रेसले जनताको माग र चाहनाअनुसार आफूलाई परिमार्जन गर्नुपर्नेमा जोड दिदैं उनले अहिलेको सरकारले जनचाहनाअनुसार काम गर्न नसकेकाले मुलुकमा अराजकता बढेको आरोप लगाए। 

महामन्त्री डा .कोइरालाले कांग्रेस सात सालदेखि प्रजातन्त्रको लागि लड्दै आएको उल्लेख गर्दै पार्टी संगठन निर्माणमा लाग्न कार्यकर्तालाई आग्रह गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.