|

रौतहट : चन्द्रनिगाहपुरका दिदी बहिनीलाई एसिड प्रहार गरेको आरोपमा पक्राउ परेका रौतहट चन्द्रपुर नगरपालिका –६ का रामबाबु पासवानलाई जिल्ला अदालत रौतहटले पुर्पक्षको लागि जेल चलान गर्न  आदेश दिएको छ। 

आफनै छिमेकी चन्द्रपुर ६ बजारटोल कि १८ वर्षीया सम्झना कुमारी दास  र उनकी बहिनी १५ वर्षीया सुस्मिता कुमारी माथि एसिड प्रहार गरेको आरोपमा पक्राउ परेका रामबाबु पासवानलाई प्रहरीले पक्राउ गरी अनुसन्धान पछि मंगलवार जिल्ला अदालतमा पेश गरेको र पुपक्र्षका लागि जेल चलान भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरिक्षक युवराज खड्काले जानकारी दिएका छन्।

रौतहट जिल्ला अदालतका न्यायाधीश अम्विका निरौलाको इजलासले आरोपी पासवानलाइ पुपक्र्षमा राखेर कार्वाही अगाडी बढाउने आदेश भएको  रौतहट अदालत श्रेस्तेदार गुणराज पराजुलीले जानकारी दिए। एसिड प्रहारबाट गम्भिर घाइते भएकी सम्झना दासको गत असोज ८ गते काठमाडौं स्थित किर्तिपुर अस्पतालमा उपचारको क्रममा ज्यान गएको थियो। अभियुक्त पासवान एसिड प्रहार गरेर आफै विरामीको कुरुवा बस्न गएको अवस्थामा किर्तिपुर अस्पतालबाट प्रहरीले पक्राउ गरेको थियो। गत भदौ २६ गतेराति करिब १२ बजे सम्झना र सुस्मिता दास सुतिरहेको अवस्थामा एसिड प्रहार भएको थियो।

पक्राउ परेका पासवानको मोवाइलको कल डिटेल, पीडित किशोरीका बाबुको किटानी जाहेरी, किशोरीहरुको बयानको आधारमा अस्पतालबाट नै पासवानलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। तेजाव प्रहार गरेर अनुहार कुरुप पारे ५ वर्ष देखि ८ वर्ष कैद र १ देखि ५ लाख सम्म जरिवाना, शरिरको अन्य भाग कुरुप बनाए वा शरिरमा पीडा गराएमा  ३ देखि ५ वर्ष सम्म कैद र ५० हजार देखी ३ लाख जरिवाना हुने कानुनी व्यवस्था छ। एसिड पीडित परिवारलाइ प्रदेश सरकारले ४ लाख रुपैया सहयोग गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.