|

काठमाडौं :  सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले चिनी आयातमा लगाइएको बन्देज हटाउन अर्थ मन्त्रालयलाई निर्देशन दिन सुझाब दिएको छ। समितिले चिनीको आयातमा प्रतिबन्ध गरी कार्टेलिङ गरेर मूल्यवृद्धि गर्न सरकारले सहयोग गरेको भन्दै अनुसन्धानका लागि अख्तियारलाईसमेत निर्देशन दिएको छ। बिहीबार सिंहदरबार बसेको उपसमितिको बैठकले उपसमितिले यस्ताे निर्देशन गर्नुपर्ने सहितकाे अध्ययन प्रतिवेदन पेस गरेकाे हाे।

लेखराज भट्टको सभापतित्वमा असोज १८ गते ५ सदस्यीय उपसमिति गठन भएको थियो। भदौ २१ गते चिनी उद्योगीसँग छलफलपछि सरकारले चिनीमा परिणात्मक बन्देजको प्रकिया अघि बढाएको थियो। त्यसपछि स्थानीय बजारमा चरम मूल्यवृद्धि भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.