|

सल्यान : जिल्ला कारागारमा रहेका कैदी बन्दीलाई पुस्तक प्रदान गरिएको छ। ६३ औं प्रहरी दिवसको अवसरमा बिहीबार कारागारमा रहेका कैदी बन्दीलाई पुस्तक प्रदान गरिएको हो।

खोजमूलक, कथा, उपन्यास, नयाँ संविधान, कानुनसम्बन्धीका झन्डै ४० पुस्तक प्रदान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए। कैदी बन्दीको पढ्ने वानीको विकास होस् र जीवनलाई सही बाटोमा डोर्‍याउन मद्दत पुगोस् भन्ने लक्ष्यका साथ दश हजार बराबरको पुस्तक प्रदान गरिएको शाहीको भनाई रहेको छ। 

राजनीतिक विषयका पुस्तक भने कैदी बन्दीलाई प्रदान नगरिएको उनको भनाई रहेको छ। राजनीतिक आग्रह पूर्वाग्रह बढ्ने भएकाले राजनीतिसँग जोडिएका पुस्तक नदिएको उनले बताए। पुस्तक पाएपछि कैदीबन्दी उत्साहित भएका छन्। दिन काट्नलाई पुस्तक सहयोगी हुने कैदी बन्दीको भनाई रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.