|

कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर ५ लालझाडी जंगलको अमखौया खोला नजिक पूर्वपश्चिम राजमार्गमा मोटरसाईलले ठक्कर दिँदा बिहीवार साँझ सात जना घाइते भएका छन्।

प्रहरी जवान राजेन्द्र पालले चलाएको से ४ प ४३१ नंम्वरको मोटरसाइकलले साइकल सवार छ जना मजदूरलाई एकै पटक पछाडीवाट ठक्कर दिदा मोटरसाइकल चालकसहित सात जना सक्त घाइते भएका हुन्।

गुलरीयावाट काम गरी घर फिर्ता भैरहेका कृष्णपुर २ वाणी मुक्त कमैया शिविरका २९ वर्षीया रामकुमारी चौधरी, ३० वर्षीय सन्तोष चौधरी, वर्ष २२ का भगवानदास चौधरी, वर्ष २० का मुकेश चौधरी, २० वर्षीया मञ्जु चौधरी र सिता चौधरी मोटर साइकलको ठक्करवाट घाइते भएको इलाका प्रहरी कार्यालय गुलरियाका प्रहरी नायव निरिक्षक भरत धामीले बताए।

मोटरसाईकलको ठक्करवाट राम कुमारी चौधरीको अवस्था गम्भिर रहेको छ भने भने अन्य घाइतेहरुको अवस्था सामान्य रहेको उनले बताए।  सुदूरपश्चिम क्षेत्रिय दंगा नियन्त्रण प्रहरी गण वंकमा कार्यरत प्रहरी जवान पाल गुलरीयावाट वंक आउदै गर्दा वाटोमा दुर्घटना भएको जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.