|

काठमाडौं : अनमोल केसी स्टारर फिल्म 'ए मेरो हजुर ३'को फस्टलुक पोष्टर सार्वजनिक भएको छ। शुक्रबारबाट फिल्मको औपचारिक छायांकन सुरु गर्दै फस्टलुक पोष्टर सार्वजनिक गरिएको हो। सार्वजनिक दुई पोष्टरमा अनमोल केसी र सुहाना थापा रोमान्टिक अवतारमा प्रस्तुत छन्।

झरना थापाको निर्देशनमा बन्न लागेको 'ए मेरो हजुर ३'लाई सुनिल कुमार थापाले निर्माण गर्दैछन्। संगीतिक लभ स्टोरी फिल्ममा अनमोल र सुहानासँगै सलोन बस्नेत, अर्पण थापा, रबिन्द्र झालगायतको अभिनय रहनेछ।

चैत २९ गतेलाई प्रदर्शन मिति घोषणा गरेको यस फिल्ममा निर्देशक थापा र सुमन पौडेलको कथा, कल्याण सिंह, कोशिश क्षेत्री, प्रतिक पौडेल र आशिश अविरलको संगीत, संजय लामाको छायांकन रहनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.