|

इलाम : जर्जियाको बाटुमीमा सम्पन्न विश्व बुद्धिचाल महासंघको ८९औँ फिडे कंग्रेसबाट इलामका विदुर गौतम अन्तर्राष्ट्रिय आयोजक (इन्टरनेसनल अर्गनाइजर)को उपाधि प्राप्त गरेका छन्। नेपाल बुद्धिचाल संघका वरिष्ठ उपाध्यक्ष गौतम अन्तर्राष्ट्रिय आयोजक प्राप्त गर्ने नेपालको पहिलो चेस खेलाडी हुन्।

उनले अन्तर्राष्ट्रियस्तरका बुद्धिचाल प्रतियोगिता आयोजना गर्न पाउने भएका छन्। सन् २०११ जुन ४ देखि ७ सम्म युएईको अल–एनमा भएको दोस्रो प्रेसिडेन्ट बोर्ड मिटिङबाट अन्तर्राष्ट्रिय आर्विटरको उपाधि प्राप्त गरेका उनीले सन् २०१८ सेप्टेम्बरमा विश्व बुद्धिचाल महासंघअन्तर्गत सी लेभलको अन्तर्राष्ट्रिय आर्बिटरसमेत बनेका छन्।

सेप्टेम्बर २६ देखि ६ अक्टोबरको ८९औँ फिडे कंग्रेसबाट उनी अन्तर्राष्ट्रिय आयोजकको उपाधि पाउन सफल भएका हुन्। उनकै पहलमा इलाममा ०७३ जेठ ७ गतेबाट १० गतेसम्म १९ औँ राष्ट्रिय बुद्धिचाल र चौथो महिला च्याम्पियनसिप प्रतियोगिता सम्पन्न भएको थियो। गत वर्ष असोज ३ गतेबाट टंकमाया गौतम स्मृति चेस प्रतियोगिता आफ्नो गृह नगर देउमाईमा सम्पन्न गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.