|

विश्वकप टी २० एसिया पूर्व क्षेत्रिय छनोटको अन्तिम खेलमा सिंगापुरले नेपाललाई ८२ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सिंगापुरले १७ ओभर ३ बलमा अलआउट हुँदै ८१ रनमात्र बनाउन सक्यो। नेपालका लागि सन्दीप लामिछानेले ४ तथा करण केसी र सोमपाल कामीले समान दुई-दुई विकेट लिए। ललित राजवंशी र वसन्त रेग्मीको नाममा एक-एक विकेट रह्यो।

सिंगापुरका तीन खेलाडीले मात्रै दोहोरो अंकमा रन जोड्न सके। सिंगापुरका लागि सर्वाधिक रन सुरेन्द्रन चन्द्रमोहनले २५ रन बनाए। त्यसैगरी मनप्रित सिंह र सिद्धान्तले समान १०-१० रन जोडे।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.