|

बाजुरा : औलो रोकथामका लागि छर्किनु पर्ने औषधि तीन महिनादेखि बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा थन्किएको छ। ‘सेभ द चिल्ड्रेन’ को सहयोगमा जिल्लाको उत्तरी भेग बूढीनन्दा नगरपालिकाको कोल्टी रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा साउनमा पठाएको थियो। औषधि साउनमा छर्किनुपर्ने भए पनि बजेट नभएको भन्दै तीन महीना बितिसक्दा पनि समुदायमा औषधि छर्न नसकेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा सत्य शाहीले बताए।

तराईमा मात्रै देखा पर्ने मलेरिया रोग बाजुराको बूढीनन्दा नगरपालिका वडा नं १,६ र ५ वडामा देखा परेपछि परीक्षणको लागि केन्द्रीय प्रयोगशालामा पठाएको थियो। प्रयोगशालाले पनि मलेरिया भएको प्रमाणित गरेपछि मलेरिया रोकथामका लागि ‘सेभ द चिल्ड्रेन’को सहयोगमा प्रभावित बस्तीमा छर्किनका लागि पाँचवटा ठूलो ड्रममा औषधि पठाएको हो।

औषधि प्राथमिक स्वास्थ्य केन्द्रमा साउनमा आएको हो,साउनमै प्रत्येकको घरमा पुगेर घर र चर्पीमा ओसिलो ठाउँमा औषधि छर्कनुपर्ने हो । तर नगरपालिकालाई तीन लाख माग गरेका हौँ एक रुपैयाँ पनि नदिँदा औषधि स्वास्थ्य केन्द्रमा अलपत्र रहेको डा सत्य शाहीले बताए।  

मलेरिया फैलिने भनेको गर्मी र वर्षादको समयमा हो । चैतदेखि जेठमा छर्कियो भने औषधिले तीन महिना काम गर्छ। नगरपालिकाको गैरजिम्मेवारीका कारणले मलेरिया जस्तो सरुवा रोगको औषधि अलपत्र रहेको स्थानीयवासीको आरोप छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.