|

जनकपुरधाम : धनुषाबाट हातहतियारसहित तीन युवालाई प्रहरीले पक्राउ गरेको छ। धनुषाको जनकपुरधाम उप-महानगरपालिका १९ पूलचोकस्थित बाउन्न बिघाको कुट्टीबाट हातहतियारसहित तीन युवालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा जनकपुरधाम उप-महानगरपालिका १९ का १८ वर्षीय आशिक मण्डल, सोही ठाउँ बस्ने १९ वर्षीय रिकेश साह र औरही गाउँपालिका ६ चक्कर बस्ने २० वर्षीय रामचन्द्र दास रहेको छ। उनीहरूलाई तास खेल्ने क्रममा प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटेको संयुक्त सिभिल प्रहरीको टोलीले तीनै जनालाई पक्राउ गरेको हो।

तीनै जनाको साथबाट १ थान नलकटुवा पेस्तोल, थ्री नट, थ्री मा लाग्ने गोली १ थान बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए। पक्राउ परेकाहरूलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.