|

आठ सयभन्दा बढी अनुहार छन् उम्मेदवारका। अनि मतपत्र १५ पृष्ठको। तर मत दिने हो एकजनालाई। अब कसरी हाल्ने मत? काबुलका मतदाताले आगामी अक्टोबर २० मा हुने निर्वाचनमा यस्तो समस्या झेल्दैछन्। अखबार–आकारको मतपत्र छ र त्यहाँ छापिएका ८०० जना उम्मेदवारको तस्वीरबाट मन परेका उम्मेदवारको खोजी गर्नुपर्नेछ। त्यो पनि एकजना मात्र। 

एकजना उम्मेदवार छान्न यस्तो समस्या झेल्दैछन् अफगानिस्तानका मतदाता। अर्कातर्फ विद्रोहीले मत हाल्न नजान र गएमा आक्रमण गर्ने भनी दिएको धम्की झेल्नु त छँदैछ। तर पनि अफगान नागरिकले तालिवानहरुबाट निरन्तर खतरामा रहेको यस शहरमा मतपत्रमा आफ्ना उम्मेदवार छनौट गर्न निकै मिहिनेत गर्नुपर्नेछ। 

अक्टोबर २० मा अफगानिस्तानमा संसद्को तल्लो सदनको निर्वाचन हँुदैछ। सो निर्वाचनमा करीब दुई हजार ५०० जनाले उम्मेदवारी दिएका छन्। ढिलागरी आह्वान गरिएको अफगानिस्तानको संसद्को तल्लो सदन वोलेसी जिर्घामा प्रतिनिधित्वको निर्वाचनका लागि ठूलो संख्यामा उम्मेदवारी दिइएको छ। 

ठूलो संख्यामा उम्मेदवारी दिएकाले यति काबुलका मतदाताका लागि भने अप्ठेरो परेको छ। यहाँका मतदाताले एकजनालाई मात्र मत हाल्नुपर्नेछ तर मतपत्रमा उम्मेदवारको संख्या भने ८०० जना रहेको छ। 

उनीहरुलाई १५ पृष्ठको सो मतपत्रबाट छानेर एकजनालाई मात्र मत दिन गाह्रो हुनसक्ने समाचारमा जनाइएको छ। काबुलबाट प्राप्त समाचारमा भनिएको छ त्यो मतपत्र एउटा ट्याबलोइड अखबारको आकारमा छ। 

यो मतदान प्रक्रिया बढी नै जटिल हुने देखिएको छ। जसका कारण उम्मेदवारहरुले मतदाताहरुलाई आफ्नो पहिचान दिन नम्बर याद गराएर प्रचार प्रसार गर्ने गरेका छन्। प्रचारका क्रममा उम्मेदवारहरुले मतपत्रमा आफ्नो तस्वीर कति पेजमा छ र कस्तो छ भनेर मात्र चिनाउने गरेका बताइन्छ। 

साथै उनीहरुले मतपत्रमा छापिएको आफ्नो तस्वीर पनि टेलिभिजन र पत्रिकामार्फत प्रचार गर्ने गरेका छन्। प्रचार सामग्रीमा उम्मेदवारहरुले ‘यो तस्वीर यति पेजमा छ हेर्नुहोला’ भनेर आफ्नो तस्वीर चिनाउने गरेका छन्। तर यस निर्वाचनमा पनि पहिलेजस्तै तालिवान र इस्लामिक स्टेटले कारवाही गर्ने जनाएका छन्। उनीहरुले मतदान केन्द्रमा पनि हमला गरिरहेका छन्। उनीहरुले मतदान गर्न नजान सर्वसधारण नागरिकलाई भनिरहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.