|
फोटो : गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टको फेसबुकबाट।

डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिकाका जनप्रतिनिधिले घरघरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका छन्। दशैँ–तिहारको मुखैमा सामाजिक सुरुक्षा भत्ता घरमै पाएपछि वृद्ध–वुद्धा तथा बालबालिका खुसी भएका छन्।

साबिकको गाउँ विकास समितिहरूले घरघरमा गएर वितरण गर्न नसकेको सामाजिक सुरक्षा भत्ता गाउँपालिकाले गाउँ-गाउँमा गएर वितरण गरिरहेको हो। पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता घरघरमै गएर वितरण गरिरहेको अजयमेरु गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्ट (विकास)ले जानकारी दिए।

गाउँपालिकाले गतवर्ष पनि सामाजिक सुरक्षा भत्ता घरघरमै गएर वितरण गरेको र शनिबारसम्ममा सम्पूर्ण जनप्रतिनिधिहरुले सामाजिक सुरक्षा भत्ता वितरण गरिसक्ने गाउँपालिकाका अध्यक्ष भट्टले बताए। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लक्षित वर्गका सबै नागरिक (७० वर्ष माथिका ज्येष्ठ नागरिक, ६० वर्ष माथिका दलित ज्येष्ठ नागरिक, एकल महिला, पूर्ण अपांगता भएका व्यक्ति, अति अशक्त अपांग र ५ वर्ष मुनिका दलित बालबालिकाहरु) लाई घरघरमा गएर भत्ता वितरण गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.